प्रदेशस्तरमा कृषि बाली बिरूवाको रोग किरा सर्वेक्षण, सर्भेलेन्स, प्रक्षेपण, र व्यवस्थापनको प्रचार प्रसार गर्ने ।

समस्या ग्रस्त बोट बिरूवाको निदान गरी उचित सुझाव दिने ।

बाली बिरूवाको रोग किराको नमूना संकलन गरी संरक्षण गर्ने ।

रोग किरा व्यवस्थापन सामाग्री तयार गरी प्रचार प्रसार गर्ने ।

विषादीको प्रवाभकारीता तथा उत्पादीत फल तथा फसलमा विषादीको अवशेष विश्लेषण गर्ने ।

जैविक तथा बानस्पतिक विषादीको उत्पादन प्रविधि विकास तथा परीक्षण गर्ने ।

नेपाल प्रांगारीक मापदण्ड अनुसार कृषि उपजको प्रमाणीकरण गर्न सहजीकरण गर्ने ।

कृषि विकास निर्देशनालय मार्फत सरोकारवाला निकायहरुसंग समन्वय गर्ने ।