बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालय मातहत रहको बाली संरक्षण प्रयोगशाला, हरिहरभवन ललितपुरले बागमती प्रदेशका १३ वटा जिल्लाहरुमा बाली संरक्षण सेवा प्रवाह गर्दे आएको छ।बालीनालीको रोगकिरा व्यवस्थापन, समस्या निदान, जैविक विषादी प्रवर्द्धनात्मक कार्यक्रम, रोग किराको सर्भे सर्भिलेन्स, एकीकृत शत्रुजीव व्यवस्थापन, उत्पादोप्रान्त प्रविधि प्रसार आदि यस कार्यालयको सालवसाली प्रमुख जिम्मेवारी हुन्।यो वेबसाईड आम बागमती प्रदेशका कृषक, कृषि प्राविधिक तथा अन्य सरोकारवालाहरुको लागि उपयोगी हुने विश्वास लिईएको छ ।
ऐतिहासिक पृष्ठभूमि
तत्कालीन कृषि विकास विभागको संगठनमा भएको सुधार अनुरूप २०४९ साउन १ गते देखि लागु हुने गरि बाली संरक्षण तथा व्यावसायिककीट विकास महाशाखाको स्थापना भएको र तत् पश्चात नेपाल सरकार (मन्त्रिपरिषद्) को २०५२ असार ५ गतेको निर्णय अनुसार बाली संरक्षण महाशाखा को स्थापना र महाशाखाको मातहतमा रहि प्रयोगशालाले क्षेत्रीय स्तरमा प्राविधिक सेवा टेवा पुर्याउँदै आईरहेकोमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०५७ असार २६ गतेको निर्णय अनुसार बाली संरक्षणनिर्देशनालयको स्थापना भयो निर्देशनालयको मातहतमा साबिककोक्षेत्रीयबाली संरक्षण प्रयोगशाला रहि बाली संरक्षण सम्बन्धी कार्यहरू संचालन हुदैँ आईरहेको थियो।
कृषि विभागको नयाँ संरचना सँगै बाली संरक्षणनिर्देशनालयअन्तर्गत जिल्लास्तरबाट संचालित बाली संरक्षण कार्यक्रम तथा कृषकहरूलाई बाली संरक्षण सेवा टेवा पुर्याउने उद्देश्यले २०४९/४/१ मा ललितपुर जिल्लाको हरिहरभवनमा स्थापना भएको यस प्रयोगशालाको कार्यक्षेत्र मध्यमाञ्चल विकास क्षेत्रको १९ जिल्ला रहेको थियो।
कर्मचारी समायोजन ऐन,२०७४ को दफा ४ (१) र ४ (२) एंव कर्मचारी समायोजन नियमावली,२०७४ को नियम ३ बमोजिम गठित संगठन तथा व्यवस्थापन सर्भेक्षण समितिले तयार गरेको संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७५ असारमा स्वीकृत भएको र सो प्रतिवेदन अनुसार वागमती प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालय मातहत रहने गरि साबिक क्षेत्रीयबाली संरक्षण प्रयोगशाला साबिककै संगठन संरचना र दरबन्दी कायम रहने गरि बाली संरक्षण प्रयोगशाला (वागमती प्रदेश), हरिहरभवन, ललितपुर नामाकरण गरि हस्तान्तरण भई हाल बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौडा वाट मिति २०८०/०७/२२ गते स्वीकृत कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्गतका निकायहरुको सङ्गठन संरचना अनुसार कार्यालय संचालन भएको छ ।
बाली संरक्षण प्रयोगशाला हरिहरभवनमाका प्रमुखहरू ।
|
क्रक्र.स |
नाम थर |
पद |
अवधि |
|
|
देखि |
सम्म |
|||
|
साविक क्षेत्रिय वाली संरक्षण प्रयोगशाला |
||||
|
१ |
श्री नलिनि सिंह उपाध्याय |
बरिष्ठ बाली संरक्षण अधिकृत |
२०४९ |
२०६४ |
|
2 |
श्री डिल्लीराम शर्मा |
बरिष्ठ बाली संरक्षण अधिकृत |
२०६४ |
२०६६ |
|
3 |
श्री शशी अधिकारी |
बरिष्ठ बाली संरक्षण अधिकृत |
2066 |
2067 |
|
4 |
श्री पुरुषोत्तम लाल हाडा |
बरिष्ठ बाली संरक्षण अधिकृत |
२०६७ |
२०७१ |
|
5 |
श्री सुरेन्द्र प्रसाद पोखरेल |
बरिष्ठ बाली संरक्षण अधिकृत |
२०७१ |
२०७५ |
|
बागमती प्रदेश बाली संरक्षण प्रयोगशाला |
||||
|
6 |
श्री होम बहादुर वि.क. |
बरिष्ठ बाली संरक्षण अधिकृत |
२०७५/०७/११ |
२०७६/०४/०१ |
|
7 |
श्री कृष्णभद्र अधिकारी |
बरिष्ठ बाली संरक्षण अधिकृत |
२०७६/०५/०२ |
२०७७/०५/१९ |
|
8 |
श्री नारायण कुमार श्रेष्ठ |
बरिष्ठ बाली संरक्षण अधिकृत |
२०७७/०५/१२ |
२०७९/०१/०२ |
|
9 |
श्री कृष्णभद्र अधिकारी |
बरिष्ठ बाली संरक्षण अधिकृत |
२०७९/०१/०८ |
2080/05/06 |
|
10 |
श्री डम्बर नारायण दाहाल |
अधिकृतस्तर छैठौ |
2080/09/23 |
2081/01/16 |
|
११ |
श्री सरिता सापकोटा |
अधिकृतस्तर आठौँ |
2081/01/17 |
2081/05/30 |
|
१२ |
श्री सुधिर पौडेल |
अधिकृतस्तर दशौँ |
2081/05/30 |
हालसम्म |

